सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवाको उत्तरगया गाउँपालिकामा कांग्रेसमा जनलहर बढ्दो


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २६, २०७९
  • 1.0K
    SHARES

रसुवा, २६ बैशाख

बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि रसुवाको उत्तरगया गाउँपालिकामा नेपाली कांग्रेस लगायतका पार्टीहरुले घरदैलो अभियान गरिरहेका छन् । घरदैलो अभियान मार्फत प्रचारप्रसारका कार्यक्रमले मतदाताहरु उत्साहित भएका छन् । मतदाताहरुको उत्साह बढेसँगै जनलहर भने नेपाली कांग्रेसको पक्षमा देखिन्छ ।

उत्तरगया गाउँपालिकामा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा उपेन्द्र लम्साल र उपाध्यक्षमा सुनितामाया गुरुङ चुनावी मैदानमा छन् । अध्यक्षका उम्मेदवार लम्साल २०७४ सालको निर्वाचनमा गाउँपालिका अध्यक्षमा विजयी हुन् । आफनो ५ वर्षे पहिलो कार्यकालमा अधुरा रहेका कामहरु पुरा गर्नका लागि आफनो उम्मेदवारी रहेको बताएका छन् ।

उपाध्यक्षका उम्मेदवार गुरुङ भने बिगत १० वर्षदेखि सामाजिक क्षेत्रमा लागिपरेकी व्यक्ति हुन् । निस्वार्थ भावनाका साथ लागि परेकी उनी गाउँपालिकाको समग्र विकासका लागि आफुले उम्मेदवारी दिएको बताउछिन् ।

अघिल्लो स्थानीय निर्बाचनमा गाउँपालिकामा नेपाली कांग्रेसले पाएको मतको दोब्बर पुर्याउने लक्ष्य साथ लागि परेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)