रसुवा , २७ वैशाख
ज्याङ्लाङ आधारभुत बिध्यालय, मनाकामना आधारभूत बिध्यालय कटुन्जे, दुप्चेश्वर आधारभूत बिध्यालय धुसेनी पुननिर्माणको लागि विशेष पहलकदमी लिइ बनाइदिएका ब्यक्ति हुन हरिकृष्ण देबकोटा ।
निलकणठ नमूना मा बि जिबजिबेमा लाइब्रेरी निर्माणको लागी सहयोग जुटाउने ब्यक्ति हुन हरिकृष्ण देबकोटा । धेरै बाबुआमा गुमाएका अनाथ र सीमन्तकृत बालबालिकाका अभिभावक हुन हरिकृष्ण देबकोटा ।
पटक पटक विभिन्न स्वास्थ्य शिविर चलाएर रसुवालिको स्वास्थ्य अवस्थामा सकारात्मक प्रभाव छोडेका ब्यक्ति हुन हरिकृष्ण देबकोटा ।
