१ जेठ, रसुवा । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । रसुवाको २७ वटा वडा मध्ये हालसम्म १४ वटा वडाको मतगणनाको कार्य सम्पन्न भएको छ । २७ वटा वडामध्ये १४ वटाको मतपरिणाम सार्वजनिक भइसकेको छ । जसमा एमालेले ८, कांग्रेसले ५ र माओवादीले एउटामा वडाध्यक्ष पद जितेको छ ।
कालिका १ मा माओवादीको प्यानल, कालिका–२ मा कांग्रेस प्यानल, नौकुण्ड–१ मा कांग्रेस प्यानल, नौकुण्ड–२ मा एमाले प्यानल, आमाछोदिङ्मो–१ एमाले प्यानल, आमाछोदिङ्मो–२ मा कांग्रेस प्यानल, आमाछोदिङ्मो–२ मा एमाले प्यानल विजयी भएको छ ।
यस्तै गोसाइँकुण्ड–१ मा एमाले प्यानल, गोसाइँकुण्ड–२ मा कांग्रेस प्यानल, गोसाइँकुण्ड–३ मा एमाले प्यानल, गोसाइँकुण्ड–४ मा कांग्रेस प्यानलले जितेको छ । उत्तरगया–१ मा एमाले, उत्तरगया–२ मा एमाले र उत्तरगया–३ मा पनि एमाले वडाध्यक्ष पद जितेको छ ।
गोसाइँकुण्ड–१ मा नेकपा नेकपा एमालेका उर्केन छिरिङ तामाङले ३ सय ९५ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका कर्मा तामाङले ३ सय ६५ मत ल्याए ।
गोसाइँकुण्ड–२ मा नेपाली कांग्रेसका कामी छिरिङ तामाङले १ सय ९७ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका उर्किन तामाङले १ सय ८७ मत ल्याए ।
गोसाइँकुण्ड–३ मा नेपाली एमालेका मिङमर छिरिङ तामाङले २ सय ६० मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका डुक्तार तामाङले १ सय ६७ मत ल्याए ।
गोसाइँकुण्ड–४ मा नेपाली कांग्रेसका डिण्डु लामा ज्याबा तामाङले १ सय ६६ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका तेम्बा लामाले १ सय ३६ मत ल्याए ।
नौकुण्ड–१ मा नेपाली कांग्रेसका कान्छा तामाङले ५ सय ६९ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका राम नेकोरले ३ सय ८६ मत ल्याए ।
नौकुण्ड–२ मा नेकपा एमालेका ङाफु याल्बो थोक्राले ४ सय ६५ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका लालसिङ नेकोरले ३ सय ३४ मत ल्याएर पराजित भए ।
उत्तरगया–१ मा नेकपा एमालेका मारसिङ तामाङले ५ सय ६० मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बमबहादुर तामाङले ४ सय ९६ मत ल्याए ।
उत्तरगया–२ मा नेकपा एमालेका टुकु सुवेदीले ३ सय ६८ मत ल्याएर विजयी भए भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले २ सय ९९ मत ल्याएर पराजित भए ।
उत्तरगया–३ मा नेकपा एमालेका लालबहादुर तामाङले ४ सय ५१ मत ल्याएर विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवारले ४ सय २१ मत ल्याएका छन् ।
कालिका–१ मा नेकपा (माओवादी केन्द्र) का दावा तामाङले ५ सय ६६ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छेवाङ सेनाम तामाङले ५ सय ४८ मत ल्याए ।
कालिका–२ मा नेपाली कांग्रेसका उमेश बहादुर न्यौपानेले ९ सय ७ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका बिक्रम लोप्चनले ७ सय ६६ मत ल्याए ।
आमाछोदिङ्मो गाउँपालिका–१ मा नेकपा एमालेका साङ लामा तामाङले २ सय ९० मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पासाङदे तामाङले २ सय ४८ मत ल्याए ।
आमाछोदिङ्मो गाउँपालिका– २ मा नेपाली कांग्रेसबाट ल्हाक्पा कामी तामाङले २ सय ५७ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका अकाल तामाङले १ सय ९३ मत ल्याए ।
आमाछोदिङ्मो–३ मा नेकपा एमालेका सुरेन्द्र तामाङले ३ सय २८ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका कामी नाम्ग्याल तामाङले २ सय ८१ मत ल्याए ।
