शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जापान सरकार व्दारा विश्वका ७३ देशका नागरिकहरुलाई जापान प्रवेशमा रोक


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र २०, २०७६
  • 805
    SHARES

जापान सरकारले कोरोना भाइरसबाट सङ्क्रमित व्यक्तिलाई आफ्नो देशमा छर्नबाट रोक्ने उद्देश्यले विश्वका ७३ देशका नागरिकहरुलाई जापान प्रवेशमा रोक लगाएको छ ।

प्रधानमन्त्री सिन्जो आवेका अनुसार अमेरिका सहित क्यानडा, चीन, दक्षिण कोरिया, दक्षिण पूर्वी एशियाका सात देशलगायतका नागरिकहरुको प्रवेशमा अस्थायी प्रतिवन्ध लगाइएको हो ।

जापान सरकारले अत्यावश्यक काम बाहेकका वैदेशिक भ्रमणहरु नगर्न पनि सबैलाई आग्रह गरेको छ ।

राजधानी टोकियोमा कोरोना भाइरसबाट सङ्क्रमित थप ६५ जना भेटिएपछि प्रधानमन्त्री आवेले अन्तर्राष्ट्रिय आवागमनमा कडाइको घोषणा गरेका हुन्। ।

स्वास्थ्य अधिकारीहरुका अनुसार जापानमा अहिले सम्म कोरोनाबाट संक्रमितको संख्या दुई हजार बढी छ भने ५७ जनाको मृत्यु भएको छ ।।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)