मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मतान्तर बढाउदै स्वतन्त्र उम्मेदवार बालेन्द्र साह


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ २, २०७९
  • 765
    SHARES

काठमाडौं,२ जेठ

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता कायम राख्दै आउनु भएको छ ।

पछिल्लो मत परिणाम अनुसार एमालेका मेयरका उम्मेदवार केशव स्थापितलाई करिव दोब्बर मतले पछि पार्दै स्वतन्त्र उम्मेदवार साहले आफ्नो अग्रतालाई निरन्तरता दिनु भएको हो । जस अनुसार साहले ६३९८ मत प्राप्त गर्नु भएको छ भने एमालेका मेयरका उम्मेदवार स्थापितले ३३४७ मत ल्याउनु भएको छ । हालसम्म जम्मा १७८०८ मत खसेकोमा सत्तारुढ गठबन्धनकी उम्मेदवार सृजना सिंहले भने २९६७ मत ल्याउनु भएको सहायक निर्वाचन अधिकृत प्रेस प्रसाद पौडेलले जानकारी दिनु भयो । त्यसैगरी मेयर पदको तराजु चिन्हले ७७ मत, हलोले ५९२, मादलले ८, कुखुराको भालेले ३ हृदयले ११ मत प्राप्त गरेको छ ।

त्यसै गरी एमालेका उपमेयरकी उम्मेदवार सुनिता डंगोलले ६५५७ मत ल्याई अग्रता कायम गर्नु भएको छ भने उहाँका निकटतम प्रतिद्धन्दी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार १८५५ मत ल्याउनु भएको छ । हलो चुनाव चिन्हलाई १३७८, तराजुलाई २९३, करुवालाई १०, बाघलाई ३ खरायोलाई २, भुईकटरलाई १ मत परेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)