शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जनमत पार्टीले जित्यो सप्तरीमा पहिलो मेयर


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ ४, २०७९
  • 570
    SHARES

४ जेठ, काठमाडौं । सिके राउतले नेतृत्व गरेको जनमत पार्टीले पहिलो मेयर जितेको छ । सप्तरीको हनुमान कांकालिनी नगरपालिकामा जनमत पार्टीका वीरेन्द्र माझीले मेयर पदमा जितेका हुन् ।

माझी छ हजार ४०७ मत ल्याई मेयरमा निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) का शैलेशकुमार साहले छ हजार २४६ मत प्राप्त गरे ।

सो नगरपालिकामा उपमेयरमा भने जसपाकी सरितादेवी यादव निर्वाचित भएकी छन् । यादवले छ हजार ५१२ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीकी रेखादेवी मण्डलले पाँच हजार ९८२ मत पाइन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)