शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको अग्रता


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ ५, २०७९
  • 570
    SHARES

५ जेठ, काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले आफ्नो अग्रता बढाउँदै जानुभएको छ ।

साहले पाँच हजार ६१ मत प्राप्त गर्नुभएको छ । एमालेका शिवशङ्कर साह तीन हजार २३१ मतका साथ दोस्रो, लोसपाका मनोज चौधरी एक हजार ४८८ मत प्राप्त गरी तेस्रो र स्वतन्त्र उम्मेदवार बलराम महतो एक हजार ४०८ मतका साथ चौथोे स्थानमा रहनुभएको छ । निवर्तमान नगरप्रमुखसमेत रहनुभएका गठबन्धनका लालकिशोर साह एक हजार २८३ मतका साथ पाँचौँ स्थानमा हुनुहुन्छ ।

उपप्रमुखमा कांग्रेसका किशोरी साहले अग्रता कायम राख्नुभएको छ । उहाँले पाँच हजार ३९५ मत प्राप्त गर्नुभएको छ । एमालेका रुना झाले तीन हजार ५६४ मतका साथ उहाँलाई पछ्याइ रहनुभएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)