काठमाडौं ,१७ जेठ
वागमती प्रदेश सरकारले आज नीति तथा कार्यक्रममाथि छलफल गर्दैछ ।
प्रदेश सरकारले सोमवार प्रश्तुत गरेको आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रममाथि आज छलफल हुन लागेको हो ।
मंगलवार छलफल सक्ने र बुधवार सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा माध्यामिक विद्यालयमा एक विद्यालय एक नर्स, उच्च शिक्षा अध्ययनका लागि छोरीबुहारी छात्रवृत्ति कार्यक्रम, एक वडा एक पशु कार्यालय, स्मार्ट लाइसेन्स, विद्युतीय सवारीसाधनको व्यवस्थापन,सार्वजनिक सवारीमा विद्युतीय माध्यमबाट भाडा व्यवस्थापन लगायतका कार्यक्रम अघि सारेको छ ।
