मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवाको नौकुण्ड गाउँपालिकाले ल्यायो ४५ करोड बजेट ,शिक्षा र स्वास्थ्यमा जोड


  • माउन्टेन खबर
  • शनिबार, असार ११, २०७९
  • 542
    SHARES

रसुवा,असार ११ 

जिल्लाको नौकुण्ड गाउँपालिकाले सुन्दर,सुखि,सुरक्षित सुसंस्कृत र समृद्ध नौकुण्डू भन्ने मुल नाराको साथ आर्थिक बर्ष २०७९र८० गाउँ सभा तथा ११ औं अधिवेशनमा निति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको छ। गाउँ सभा बागमती प्रदेश सभा सदस्य सांसद प्रभात तामाङको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो।गाउँपालिका अध्यक्ष नुर्बु स्याङ्बो घले ले निति तथा कार्यक्रमको पुर्णपाठ सम्बोधन गर्नुभएको थियो।
सभामा गाउँपालिका उपाध्यक्ष चन्द्र बहादुर गलान ले आर्थिक नीति तथा बजेट वक्तव्य प्रस्तुत गर्दै ४५ करोड ४० लाख ९६ हजार बजेट प्रस्ताव ल्याएको थियो।

गुणस्तरीय तथा प्रविधिमैत्री शिक्षामा जोड दिँदै गाउँपालिकाभित्रको सबै बिधालयहरुमा ईन्टरनेटको व्यबस्थापन गरिने भएको छ।
सबै बिधालयमा आधुनिक पठनपाठन सिकाई तथा अंग्रेजी माध्यममा पढाइने निति तथा कार्यक्रममा समेटिएको छ।

सभामा अध्यक्ष घले ले बोल्नुहुँदै शिक्षा,स्वास्थ्य,पूर्वाधार विकास,संस्कृती संरक्षण,वन बातावरण तथा विपत व्यवस्थापन,महिला सशक्तीकरण,पर्यटन प्रवर्द्धन,स्वरोजगार र सुशासनको क्षेत्रमा स्थान दिएको छ।

स्थानीय अस्पताललाई प्राथमिकता दिँदै अस्पताल भवन निर्माण,ल्याब,भिडियो एक्स रे सहित दक्ष चिकित्सकको व्यबस्थापन गरि नागरिकलाई स्वास्थ्य उपचारको पहुँचमा ल्याइने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

गाउँपालिकाभित्रको सबै स्वास्थ्य संस्थाहरुमा कर्मचारीको व्यबस्थापन गरि संचालनमा ल्याईने उहाँले बताए।

आधुनिक कृषि प्रणालीलाई अवलम्बन गरि कृषि पकेट क्षेत्रको घोषणा एवम उत्कृष्ट कृषकहरुलाई प्रोत्साहन गरिने कार्यक्रममा उल्लेख रहेको छ।

सडक,विद्युत र खानेपानीको क्षेत्रमा दिगो तरिकाले संचालनको लागि मर्मत सम्भारकर्ताको व्यबस्थापन गरीने निति तथा कार्यक्रममा ओगटेको छ।

करको दायरालाई स्रोत व्यबस्थापन गरि स्थानिय सरकारको राजस्व संकलनलाई वृद्धि गराईने पनि उल्लेख गरिएको छ।

सभामा निति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै अध्यक्ष घले ले विकास निर्माणमा महिला सहभागिताको प्रभाव बढाउन स्थानीय सरकारले लिने सबै सेवा शुल्क निशुल्क गरिने बताउनुभयो।

पर्यटन प्रवर्द्धनको लागि विभिन्न क्षेत्रहरूको तय गरि डिपिआर मार्फत संरचनाहरुको निर्माण गरि पर्यटक आवगमनमा वृद्धि गराईने पनि कार्यक्रममा प्राथमिकता दिएको छ।

सडक कालोपत्रे,मोटरेवल पुल र गाउँपालिकालाई रिङरोड मार्फत सडक संजालको संचालनलाई प्राथमिकता दिई गौरवको आयोजनामा समावेश गरिएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)