रसुवा, असार २६
जिल्लाको कालिका गाउँपालिका वडा(५ जिवजिवेमा रहेको जिवजिबे ग्रामीण अस्पतालमा सुबिधा सम्पन्न अक्सिजन प्लान्ट सहित थाइराईड परीक्षण मेसिन र एम्बुलेन्स सेवाको शुभारम्भ गरिएको छ।
बागमती प्रदेश सरकारको ८५ लाख लागतमा अक्सिजन प्लान्ट र थाईराईड परिक्षण मेसिनको उपलब्धता गरिएको हो।
नेपाल स्थित भारतीय दूतावासको सहयोगमा एम्बुलेन्स सेवाको पनि सुचारु गरिएको छ।

शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरि बागमती प्रदेश सभाको सांसद तथा नेपाली कांग्रेस बागमती प्रदेश सभाको संसदीय दलको प्रवक्ता माननीय प्रभात तामङ्ले उदघाटन गर्नुभएको हो।
स्थानीय स्तरमै सुविधा सम्पन्न अस्पताल भएपछि नागरिकलाई स्वास्थ्य सेवामा सहज हुने सांसद तामाङ्ले बताउनुभयो।

यो ग्रामीण अस्पतालबाट कालिका गाउँपालिका र नौकुण्ड गाउँपालिकाको झण्डै १८ हजार जनताले प्रत्यक्ष लाभ लिन सकिन्छ।

