मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वाग्मती प्रदेशसभाबाट ५ वटा अध्यादेश पारित


  • माउन्टेन खबर
  • बुधबार, असार २९, २०७९
  • 370
    SHARES

वाग्मती प्रदेशसभाको आजको बैठकले विभिन्न पाँच अध्यादेश पारित गरेको छ । प्रदेशसभा सदस्यको न्यून सहभागितामा भएको बैठकले चार अध्यादेश सर्वसम्मतिले र एउटा बहुमतले पारित गरेको हो ।

बैठकले प्रदेश निजामती सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८, स्थानीय तहको सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (पहिलो संसोधन) अध्यादेश २०७८, विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी (पहिलो संसोधन) अध्यादेश तथा प्रदेश युवा परिषद् (पहिलो संशोधन) अध्यादेश पारित गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)