मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भीमसेन थापा गाउँपालिकामा भीमसेन जन्मजयन्तीमा सार्वजनिक बिदा


  • माउन्टेन खबर
  • सोमवार, साउन ९, २०७९
  • 587
    SHARES

९ साउन, काठमाडौं । गोरखाको भीमसेन थापा गाउँपालिकाले राष्ट्रिय विभूति भीसमेन थापाको जन्मजयन्तीको अवसरमा आज गाउँपालिकाभित्र सार्वजनिक बिदा दिएकोे छ । राष्ट्रिय विभूति थापाको २४७आँैं जन्मजयन्तीको अवसरमा पालिकाभित्र सार्वजनिक बिदा दिइएको त्यहाँका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिनुभयो ।

“यो गाउँपालिका थापाको जन्मथलो भएकाले उहाँको सम्झना र सम्मानमा आज जन्मजयन्तीको अवसर पारेर पालिकाभित्र सार्वजनिक बिदा दिइएको हो,” उहाँले भन्नुभयो । सार्वजनिक बिदाको दिन पालिकाअन्तर्गतका सबै सरकारी कार्यालय, सङ्घसंस्था बन्द हुने गाउँपालिकाले जनाएको छ । जन्मजयन्तीका अवसरमा आजै गाउँपालिकाको वडा नं ८ स्थित थापाको जन्मथलो बोर्लाङको पिपलथोकस्थित हवेली दरबार परिसरमा निर्माण गरिएको थापाको पूर्णकदको शालिक अनावरण गर्ने कार्यक्रमसमेत रहेको छ । “असार २९ गते बसेको गाउँ कार्यपालिकाको बैठकले पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो,” अध्यक्ष बन्जराले भन्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)