रसुवा । नेपाली कांग्रेसबाट विजयी रसुवाका सांसद मोहन आचार्यले आफ्नो निर्वाचन क्षेत्रका ५ सय
८स्थानिय पेशाकर्मीको निःशुल्क कोरोनाबीमा गराउनु भएको छ ।
सांसद आचार्यले स्वास्थ्यकर्मी, पुलिस, पत्ररकार तथा राजनीतिक दललमा आवद्ध व्यक्तिहरुको निःशुल्क कोरोना बिमा गरिदिनु भएको हो ।
कोरोना बीमा एनएलजी इन्स्योरेन्स मार्फत गरिको छ ।
प्रतिव्यक्ति १ लाख रुपैयाँ बिमांक बराबरको कोरोना बीमा गरादा सांसद आचार्यले ३ लाख रुपैयाँ बराबरको बीमा शुल्क तिरिएको दिनुभएको छ ।
बीमा समितिले प्रतिव्यक्ति ५० हजार र १ लाख रुपैयाँ गरी दुई प्रकारका कोरोना बीमा लेख जारी गरेको छ ।
समाजमा अग्रपंतीमा रहेर काम गर्ने विभिन्न पेशाकर्मीको मनोबल उच्च बनाउने उघ्देश्यले निःशुल्क बीमा गराएर पहल गरिएको सासंदआचार्यले बताउनु भयो ।