शनिबार, बैशाख २२, २०८१

काँग्रेस नेता दिलबहादुर घर्तीले देखाए राजनीतिमा त्याग र निष्ठा


  • माउन्टेन खबर
  • सोमवार, अशोज ३, २०७९
  • 415
    SHARES

काठमाडौँ, ३ असोज । नेपाली काँग्रेसका नेता दिलबहादुर घर्तीले आसन्न निर्वाचनमा आफ्नो कुनैपनि पदमा उम्मेदवारी नरहेको बताउनुभएको छ ।

नेता घर्तीले आइतबार फेसबुकमार्फत एक सन्देश जारी गरी आगामी मंसीर ४ गते हुन लागेको प्रदेशसभा तथा प्रतिनिधीसभा निर्वाचनमा आफू कुनैपनि पदमा उम्मेवारी नदिएर त्याग र निष्ठा देखाउनुभएको हो ।

“नेपाली काँग्रेस लमजुङ जिल्ला कार्यसमितिको मिति २०७९ भदौ १७ गते प्रतिनिधि सभा निर्वाचन उम्मेदवार सिफारिस सम्बन्धमा बसेको बैठकमा प्रत्यक्ष र समानुपातिक तर्फ मेरो कुनै पनि उम्मेदवारी नरहेको सम्पूर्ण साथीहरूलाई जानकारी गराउँछु,”– नेता घर्तीले भन्नुभएको छ ।

उहाँले आगामी निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार र गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आफू सक्रिय रुपमा लाग्ने बताउनुभएको छ । काँग्रेस नेता घर्तीले सम्पूर्ण साथीहरूलाई सक्रिय एवम् उत्साहपुर्वक रूपमा नेपाली काँग्रेसको नेतृत्वमा भएको गठबन्धनलाई विजयी गराउन हार्दिक अनुरोध समेत गर्नुभएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }