शुक्रबार, बैशाख २१, २०८१

अभिनेत्री रेखा थापा राप्रपाको कार्यसम्पादन समिति सदस्यमा मनोनीत


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १३, २०७९
  • 148
    SHARES

काठमाडौं, १३ असोज । अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत भएकी छिन्।

यसअघि केन्द्रीय सदस्यमा मनोनीत भएकी थापालाई मंगलबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनयन गरेका हुन्। गत मंसिरमा सम्पन्न पार्टी महाधिवेशनमा थापा लिङ्देन समूहबाट महामन्त्री उठेर पराजित भएकी थिइन्।

त्यति वेला कुन्तीकुमारी शाहीसँग पराजित भएकी उनलाई अहिले लिङ्देनले कार्यसम्पादन समितिमा मनोनीत गरेका हुन्।

थापा आसन्न प्रतिनिधिसभा निर्वाचनमा गृह क्षेत्र मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेद्वारी दिँदै छिन्। यही क्रममा उनले आफ्नो चुनावी क्षेत्रमा घरदैलो कार्यक्रमलाई तीव्र पारेकी छिन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }