बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना परीक्षण गराउन सर्वाजनिक सूचना


  • माउन्टेन खबर
  • सोमवार, साउन १२, २०७७
  • 569
    SHARES

काठमाण्डौ। काठमाण्डौं महानगरपालिका वडा नम्बर २७ महाबौद्ध क्षेत्रमा व्यवसाय गर्ने २ जनामा कोरोना पोजेटिभ देखिएपछि वडा कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ ।

भारत स्थायी घर भइ महाबौद्ध क्षेत्रमा व्यवसाय गर्ने दुई जनामा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको सम्पर्कमा आएकाहरुलाई कोरोना परीक्षण सार्वजनिक सूचना जारी गरेको हो । वडा अध्यक्ष चिनियामान बज्राचार्यले जारी गर्नुभएको सूचनामा भनिएको छ, ‘‘भारत घर भइ गोसिफल डेरा गरी बस्ने महाबौद्ध गणेश मन्दिर नजिक पसल गरिरहेका धिरज शाह र रञ्जु शाहमा कोरोना पोजेटिभ देखिएकाले निजसँग संसर्ग हुने महानुभावले यथासिघ्र स्वास्थ्य परीक्षण गर्न अनुरोध ।’’

वडा कार्यालयले गणेशमन्दिर देखि महाबौद्ध स्तुपासम्मका व्यवसायीहरुको पीसीआर रिपोर्ट नआएसम्म सुरक्षाका उपाय अपनाउन पनि आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्य १८ हजार ६ सय १३ पुगेको छ । सरकारले साउन ७ गतेबाट लक डाउन खोलेको छ । अहिले सार्वजनिक सवारी समेत सञ्चालनमा आएका छन् । संक्रमणको जोखिमकाबीच लक डाउन खुला गरिएपछि उपत्यका लगायतका क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढेको छ । अहिलेसम्म देशभरी ३ लाख ४२ हजार ४ सय ५७ जना पीसीआर परीक्षण भएको छ । १३ हजार १ सय २८ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)