बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वीरगञ्जमा दुई चिकित्सकसहित थप १५ मा कोरोना संक्रमण


  • माउन्टेन खबर
  • मङ्लबार, साउन १३, २०७७
  • 453
    SHARES

वीरगञ्ज । वीरगञ्जमा दुई जना स्वास्थ्यकर्मी सहित १५ जना कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार नारायणी अस्पतालमा रहेको प्रयोगशालमा गरिएका परीक्षणमा दुई जना स्वास्थ्यकर्मी सहित १५ जना कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतालका डा. निरज सिंहका अनुसार सोमबार गरिएका परीक्षणमा २३ वर्षदेखि ५६ वर्ष उमेर समुहका १४ जना पुरूष र १ जना महिला रहेका छन् । नयाँ संक्रमितहरुमा २ स्वास्थ्यकर्मी र अन्य कन्ट्याक्ट ट्रेसिङमा परेका तथा स्वेच्छाले पैसा तिरेर पिसिआर जाँच गराएका रहेको डा. सिंहले बताए ।

नयाँ फेला परेका मध्ये २ जना चिकित्सक सहित अधिकांश संक्रमित वीरगञ्जका रहेका छन् । केहीमा ज्वरो आउने, खोकी लाग्ने जस्ता लक्षण पनि देखिएको बताईएको छ ।

त्यस्तै वीरगञ्जको गण्डकमा रहेको अस्थायी कोभिड अस्पतालमा १० जना महिलासहित ५७ जना संक्रमितको उपचार भइरहेको र चार जना आईसीयुमा उपचाररत रहेका छन् । आइसोलेसन बेडको अभावमा यसअघि नै कोरोना संक्रमण पुष्टि भएका पर्साका ४२ जना संक्रमितलाई आइसोलेसनमा ल्याउन सकिएको छैन भने सोमबार १५ जना थएिएसंगै आईसोलेशनमा राख्ने अझ चुनौती थपिएको छ ।

संक्रमितहरु मध्ये कतिपयलाई क्वारेन्टिनमै राखिएको छ भने केहीलाई घरमै आइसोलेटेड बस्न भनिएको तर होम आइसोलेसन सम्बन्धी कार्यविधिको पालना भए नभएको कसैले अनुगमन गरेको देखिदैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)