मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्रतिनिधिसभामा कांग्रेसको एक्ली महिला सांसद सीता गुरुङ


  • माउन्टेन खबर
  • आइतवार, मंसिर ११, २०७९
  • 240
    SHARES

काठमाडौं । मंसिर ४ गते सम्पन्न निर्वाचनका लागि चार जना महिला उम्मेदवार उठाएको नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा एक जनामात्रै महिला उम्मेदवार विजयी भएका छन् ।

कांग्रेसले नेतृह पुष्पा भुसाल, महालक्ष्मी उपाध्याय ‘डिना’, सुजाता कोइराला, र सीता गुरुङलाई प्रत्यक्षतर्फ चुनाव लड्ने मौका दिएको थियो । तर, चार भुसाल, डिना र कोइराला तीन जना पराजित भए भने गुरुङ तेह्रथुमबाट प्रतिनिधिसभामा निर्वाचित भइन् ।

४५ वर्षीया गुरुङले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुब्बालाई १ हजार ७९ मतले पछाडि पार्दै विजयी भएकी हुन् । निर्वाचित भएसँगै उनी प्रतिनिधिसभाको प्रत्यक्षतर्फ चुनाव जित्ने कांग्रेसकी एक्ली महिला भएकी छन् ।

सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेकी कांग्रेसकी गुरुङले १९ हजार ७ सय २ भोट पाएकी छन् । एमालेका सुब्बाले १८ हजार ६ सय २३ मत पाए । सुब्बा ०४८ र ०५६ मा प्रत्यक्ष निर्वाचित र ०७४ का समानुपातिक सांसद हुन् ।

०६४ र ०७० को संविधानसभामा समानुपातिक सांसद बनेकी गुरुङ भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री भइसकेकी छन् ।
उनी ०७४ को आम निर्वाचनमा हालका स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङसँग २ हजार २१ मतले पराजित भएकी थिइन् ।

कांग्रेस केन्द्रीय सदस्य रहेकी गुरुङ प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवानिकट हुन् । आठराई क्षेत्रको इवामा जन्मिएकी गुरुङ ०४६ मा कांग्रेसको राजनीतिमा जोडिएकी हुन् । उनी ०६० मा नेपाल महिला संघको केन्द्रीय सचिव र ०६७ मा कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन् ।

०७२ र ०७८ मा सम्पन्न कांग्रेसको केन्द्रीय महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएकी उनले राजनीति शास्त्रमा स्नातकोत्तर गरेकी छन् । तेह्रथुममा २०१५ देखि नै लिम्बू समुदायका उम्मेदवारले मात्रै केन्द्रको संसदीय चुनाव जित्दै आएका थिए । उक्त परम्परालाई गुरुङले यसपटक तोडेकी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }