बिहिबार, भदौ २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमती प्रदेश प्रहरीद्धारा चार प्रहरी निलम्बन


  • माउन्टेन खबर
  • शुक्रबार, साउन १६, २०७७
  • 1.0K
    SHARES

काठमाडौँ, १६ साउन । प्रहरी आचरण र अनुशासनविपरीत काम गरेको अभियोगमा वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले एक प्रहरी हवल्दारसहित तीन प्रहरीलाई निलम्बन गरेको छ । सो कार्यालयका अनुसार सेवाग्राहीसँग घुस लिदैगर्दा रङ्गेहात पक्राउ परेपछि चार प्रहरी निलम्बनमा परेका हुन् । यसअघि रु १२ हजार घुस सेवाग्राहीसँग लिएको आरोपमा प्रहरी निरीक्षक रामवालक राय यादवलाई कारवाही गरिएको थियो ।

निलम्बनमा पर्नेमा जिल्ला प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी हवल्दार प्रकाश जैशी, प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी जवान योगेन्द्र मल्ल, इलाका प्रहरी कार्यालय मनहरिमा कार्यरत प्रहरी जवान अजय महतो र ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी जवान लक्ष्मणकुमार महतो रहेको छन् ।

प्रहरीको विशेष टोलीले उनीहरुलाई सवारी चालकसँग घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो । प्रदेश प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक विज्ञान कस्नेतको संयोजोकत्वमा तीन सदस्यीय छानविन समितिसमेत गठन गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीको कामलाई पारदर्र्शी र अनुशासित बनाउन विशेष अभियान शुरु गरेको सो कार्यालयका नायब महानिरीक्षक वसन्त लामाले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)