बिहिबार, बैशाख २०, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

विपदमा परेका गोरखाका जनतालाई तलबभत्ता सहयोग गर्ने सांसद राजेन्द्र बजगाईँको घोषणा


  • माउन्टेन खबर
  • बिहिबार, पुस ७, २०७९
  • 305
    SHARES

काठमाडौँ, ७ पुस । नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईँले विपद्मा परेका गोरखा क्षेत्र नं १ का जनतालाई आफ्नो तलबभत्ता सहयोग गर्ने बताउनुभएको छ ।

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनमा गोरखा क्षेत्र नं १ बाट निर्वाचित सांसद बजगाईँले आज संसद भवन नयाँ बानेश्वरमा सांसदको सपथ लिएसँगै आफ्नो पारिश्रमिक विपद्मा परेका गोरखा क्षेत्र नं १ का जनताका लागि खर्च गर्ने बताउनुभएको हो ।

“आज मैले सांसदको शपथ लिइरहँदा गोरखा– १ को भूगोल सम्झियाँ, त्यहाँका जनताका दुःख सम्झियाँ, त्यसैले सांसदका लागि आउने पारिश्रमिक मैले गोरखा १ मा विपदमा परेकालाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छु,”– सांसद बजगाईँले भन्नुभयो ।

गोरखाको क्षेत्र नं १ का अधिकाशं भू–भागमा अहिलेपनि मोटरवाटो पुग्न सकेको छैन । उहाँले गत हप्ता गोरखा क्षेत्र नं १ का ५६ वडामा विरामी बोक्नका लागि एक÷एक वटा स्टेचर सहयोग गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }