सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस गण्डकी प्रदेश दलको नेतामा पाण्डे विजयी


  • माउन्टेन खबर
  • बुधबार, पुस १३, २०७९
  • 314
    SHARES

नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी भएका छन्। गत मंसिरमा भएको चुनावमा पाण्डे गोरखा २ को प्रदेश सभा क्षेत्र २ बाट निर्वाचित भएका थिए।

पाण्डे कांग्रेस केन्द्रीय सदस्य पनि हुन्। उनी सभापति शेरबहादुर देउवानिकट मानिन्छन्। गण्डकी प्रदेशमा कांग्रेसका २७ जना सांसद छन्।

दल नेताका लागि आज भएको चुनावमा पाण्डेले १८ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी भोजराज अर्यालले ८ मत मात्रै ल्याएका छन् भने एक मत बदर भएको छ।

अर्याल संस्थापनइतर समूहका हुन्। उनी स्याङ्जा क्षेत्र नम्बर १ को १ बाट प्रदेश सभा सांसद भएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)