प्रतिनिधिसभामा रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यले सदरमुकाम धुन्चेमा रहेका ५० बिपन्न परिवारलाई राहत उपलब्ध गराएका छन् । लकडाउनमा बिपन्नको गुजारा कसरी चल्दैछ ? भन्ने शिर्षकमा माउन्टेन खबरले भिडियो सहितको समाचार प्रकाशित गरेको थियो।त्यो समाचार हेरर आफुले राहत उपलब्ध गराएको सांसद आचार्यले बताएका छन्। 
लकडाउनको कारण दैनिक ज्याला, मजदुरी गर्ने, अति विपन्न र श्रोत विहिन, हातमुख जोर्न समस्यामा परेका परिवारको दर्दनाक अवस्थाबारे माउन्टेन खबरमा प्रकाशित समाचार सहितको भिडियो प्रकाशित भएपछि सांसद आचार्यले थोरै भएपनि सहयोग गर्ने इच्छा देखाएका थिए ।
त्यसै अनुरुप उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालको समन्वयमा सांसद आचार्यबाट प्राप्त राहत सामाग्री प्रति परिवार ३० केजिको चामल १ बोरा, नुन १ पाकेट, दाल डेढ केजि, चाउचाउ ४ पाकेट, तेल १ लि. नेपाली कांग्रेसका नेता डि टी तामाङ, रसुवा महिला संजालकि अध्यक्ष सुनितामाया गुरुङ र शैक्षिक ज्ञानी बौद्विक र प्रज्वलित समाज रसुवा अकियासका अध्यक्ष निबेश श्रेष्ठले बितरण गरेका हुन् ।
बिपन्न तथा समस्यामा परेकाहरुको सहयोगका लागि आफु सदैब रहने र अत्यावश्यक सामाग्रीहरु सम्भव भएसम्म उपलब्ध गराउदै जाने समेत सांसद आचार्यले माउन्टेन खबरलाई बताएका छन् ।
सरकारले स्थानिय तह मार्फत अति बिपन्न तथा दैनिक मजदुरी गरेर जीवन निर्वाह गर्ने बर्गलाई राहात प्याकेजको घोषणा गरेपनि हालसम्म जिल्लाका स्थानिय तहले कार्यान्वयन गरेका छैनन् ।
केहि स्थानिय तहले प्रक्रिया अघि बढाएपनि केहिले भने सुरसार नै नगरेको पाइएको छ । सरकारको घोषणालाई अबिलम्ब कार्यान्वयन गर्न समेत सांसद आचार्यले जिल्लाका स्थानिय तहहरुलाई आग्रह गरेका छन् ।

