बुधबार, बैशाख २६, २०८१

माघ २२ बाट ५जी सेवाको परीक्षण शुरु गर्ने टेलिकमको योजना


  • माउन्टेन खबर
  • बिहिबार, पुस २८, २०७९
  • 408
    SHARES

काठमाडौं ।  नेपाल टेलिकमले यहि माघ २२ गते फाइभजी परीक्षण गर्ने भएको छ।

कम्पनीले आफ्नो स्थापना दिवस अर्थात नेपाल टेलिकम वार्षिकोत्सवको अवसर पारेर यहि माघ २२ गते औपचारिकरुपमा नै ५जी सेवाको परीक्षण शुरु गर्ने भएको हो।

यसअघि नेपाल टेलिकमले अंग्रेजी नयाँ वर्षदेखि फाइभजी सेवा परीक्षणको रुपमा शुरु गर्ने योजना बनाएको भएपनि बजारमा डिभाइस कम हुँदा परीक्षण स्थगित गरेको थियो।

फाइभजी सपोर्ट गर्ने मोबाइल डिभाइस कम हुँदा तत्कालका लागि परीक्षण स्थगित गरिएको त्यस बेला जानकारी दिएको थियो।

उक्त समयमा परीक्षण गर्दा बजारमा एउटा ब्राण्डको डिभाइस मोडल मात्र सपोर्टिभ भएको हुँदा परीक्षण गर्न कठिन भएको थियो।

नेपाल टेलिकमले २६०० फ्रिक्वेन्सीमा फाइभजी परीक्षणको अनुमति पाएको छ।

तर अब भने कम्पनीले बजारमा केहि थप ब्राण्डका मोडलहरु उपलब्ध रहेको हुँदा माघ २२गते परीक्षण गर्ने तयारी गरेको नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए।

“यसअघि उपलब्ध २६०० फ्रिक्वन्सीमा फाइभजी चल्ने सेटहरुको बजारमा उपलब्धता कम भएपछि रोकेका थियौं। तर अब माघ २२ गते औपचारीकरुपमा ५जी परीक्षण गर्ने तयारी रहेको छ,’ प्रवक्ता अधिकारीले टेक्नोलोजीखबरसँग भने, ‘बजारमा सिमित डिभाइसहरुमा मात्र भएपनि परीक्षण गरेर जाँच्ने र अन्य फिडब्याक लिने योजना छ।”

नियमनकारी निकायले उपलब्ध गराएको २६०० ब्याण्डको फ्रिक्वेन्सी व्यवसायीक कार्यका लागि पनि हो कि हैन भन्ने जानकारी नभएसँगै टेलिकम समस्यामा परेको हो।

टेलिकमले आन्तरिक रुपमा सफल प्राविधिक परीक्षण गरिसकेको ५जी सेवा ग्राहकहरुमाझ परीक्षण गर्न लागेको हो।

केहि दिन अघि सरकारले समेत आफ्नो न्यूनतम कार्ययोजनामा ५जी प्रविधिलाई प्रयोगमा ल्याउने घोषणा गरेको थियो। जसअन्तरगत प्रविधि मार्फत शिक्षा, स्वास्थ्य, उत्पादनलगायत जीवनका सबै क्षेत्रलाई सहज तुल्याउने र रोजगारीका अवसर सिर्जना गर्ने प्रविधिलाई सुलभ बनाउनुका साथै फाइभजी प्रविधि प्रयोगमा ल्याउने घोषणामा छ।

उपभोक्तालाई फाइभजी सेवा उपलब्ध गराउनु अघि टेलिकमले बजारमा उपलब्ध सबै सेटहरुमा फाइभजी चलाएर ट्रायल गर्नु पर्ने हुन्छ।

छिमेकी देश भारतमा पनि सरकारले ५जी सेवा शुरु गरेको समयमा सिमित ब्राण्डका मोडलहरुमा मात्र ५जी सेवा चल्ने समस्या देखिएको थियो जबकि कयौं कम्पनीले भारतमा नै आफ्ना डिभाइस उत्पादन गर्दछन्। अझ भारतमा नयाँ आईफोन मोडलमा नै ५जी नचल्दा भारतीय सरकारले एप्पललाई अनुरोध नै गरेको थियो।

साथै अधिकतमले फाइभजी सेवा मोबाइलमा उपयोग गर्ने भए पनि इन्टरनेट अफ थिङ्स (आईओटी) पनि फाइभजीको प्रयोग हुन्छ।

नेपाल टेलिकमले पहिलो चरणमा काठमाडौंमा फाइभजी परीक्षण शुरु गर्ने योजना बनाएको छ। यसका लागि काठमाडौंको सुन्धारा र बबरमहलमा फाइभजी उपकरण जडान गरिसकिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }