बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिन खरिद प्रक्रिया अझै सुरु हुन सकेन


  • माउन्टेन खबर
  • बुधबार, साउन २१, २०७७
  • 839
    SHARES

सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिन खरिद प्रक्रिया अझै सुरु हुन सकेको छैन । अस्पतालले आन्तरिक किचलोका कारण मेसिन खरिदका लागी हाल सम्म टेन्डर समेत गर्न सकेको छैन ।

प्रादेशिक अस्पतालको मेसिन खरिदका लागी गत आर्थिक वर्ष २०७६÷०७७ साढे ८ करोड रकम विनियोजन भएको थियो । तर खरिद प्रकृया सुरु नहुँदा उक्त रकम फ्रिज भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमराज पाण्डेले मेसिन खरिदका लागी साढे ८ करोडको बजेट आएको भए पनि कार्यान्वयन गर्न नसकिएको बताउनुभयो । चालु आर्थिक वर्षमा ९ करोड बजेट विनियोजन भएको र अबको १० दिन भित्रै खरिद प्रक्रिया सुरु हुने उहाँले बताउनुभयो ।

पटक पटक ताकेता गर्दा पनि अस्पताल प्रशासनको लापरबाहीका कारण गत आर्थिक वर्षको बजेट फ्रिज गएको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । अस्पताल प्रशासन र व्यवस्थापन समितीको आन्तरिक किचलोका कारण बजेट फ्रिज गएको मन्त्रालयको जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताउनुभयो ।

गत आर्थिक वर्षका लागी प्रदेशको सामाजिक विकास मन्त्रालयले सेती प्रादेशिक अस्पतालमा मेसिन खरिद गर्न साढे ८ करोड रुपैयाँ विनियोजन गरेको थियो । यस्तै भवन निर्माणका लागी ६ करोड विनियोजन गरेको थियो । तर अस्पताल प्रशासनले भने आन्तरिक कारण देखाउँदै अहिलेसम्म मेसिन खरिद गर्न सकेको छैन । अस्पतालमा सिटी स्क्यान सेवा नहुँदा सेवाग्राहीले दुःख पाएका छन । बिरामीहरू निजी क्षेत्र अस्पतालबाट सेवा लिादै ८ हजार देखी १८ हजार सम्म तिर्न बाध्य छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)