आइतवार, बैशाख २३, २०८१

कविता: मेरो जन्मदिन


  • ✍️रितिक दास
  • बुधबार, माघ १८, २०७९
  • 502
    SHARES

मध्यरात थियो
चारैतिर सुनसान थियो,
आमाको आँखा भरी पिडाका आँसु
अनि ओठमा मन्द मुस्कान थियो,

किनकि हातमा ईश्वरको उपहार
अनि परिवार भरी हर्षोल्लास थियो,
त्यो रात !त्यो समय!
मेरो जन्मदिन थियो ।।

आफैमा बलवान थियो
मेरो जन्म भएको त्यो रात थियो,
किनकि पुरै नौ महिना पछिको
घरमा खुसीको त्यो बर्सात थियो,

टोल(छिमेकमा मेरै चर्चा र बात थियो
शिरमा हरेक आशीर्वादका हात थियो
सबैका काखमा म
अनि सब मेरो साथ थियो,
त्यो रात! त्यो समय!
मेरो जन्मदिन थियो ।।

आज म २० वर्षको भए
आमा ४२ र बाबा ५२ को हुनहुन्छ!
सपना अझ साँचेकै छ
इच्छा अझ बाचेकै छ,

बा-आमाको आङमा सफा, सुकिला लुगा काँच्नु छ
अनि सङ्गै नाच्नु छ,
आफू लागी नभए पनि, आफ्नाका लागी बाँच्नु छ
अनि सङ्गै रमाउनु छ
राम्रो पैसा कमाउनु छ,

एउटा सुन्दर घर बनाउनु छ
छुट्टै पहिचान बनाउनु छ,
बस्! पुरा गर्न लाग्ने समय,
मिहिनेत र परिश्रमको खाँचो छ!

त्यसैले, निरन्तर पाइला चाल्दै छु
आस र सास रहुन्जेल,
यसलाई कायम राख्नु छ।।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }