मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

मस्र्याङ्दी वाङमय प्रतिष्ठानको २८ औँ स्थापना दिवस भव्यताका साथ मनाईयो


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र ३०, २०८०
  • 58
    SHARES

काठमाडौं । लमजुङको साहित्य क्षेत्रको विकासमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको महत्वपूर्ण योगदान रहेको बताइएको छ ।

मस्र्याङ्दी वाङमय प्रतिष्ठानको २८ औँ स्थापना दिवसको अवसरमा बिहिबार यहाँ आयोजित कार्यक्रमका वक्ताले लोक साहित्यको उद्गम स्थल लमजुङको विकासमा राष्ट्रकविको महत्वपूर्ण भूमिका रहेको बताइएको हो ।

कार्यक्रममा वरिष्ठ कवि भुवनहरि सिग्देलले लमजुङ भाषा, साहित्य, संस्कृति र कलाको केन्द्र भएको बताउनुभयो । उहाँल वालुन, भजन, चुड्का, घाँटु, सोरठीलगायत विविध पक्ष लमजुङमा रहेको उल्लेख गर्नुभयो ।

वरिष्ठ कवि सिग्देलले राष्ट्रकविद्धारा सिञ्चीत साहित्यिक संस्थासँग आफू जोडिन पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

कृषि विकास बैँकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) गोविन्द गुरुङले लमजुङको साहित्य क्षेत्रको विकासका लागि मस्र्याङ्दी वाङमय प्रतिष्ठानले खेलेको भूमिका सराहनीय रहेको उल्लेख गर्नुभयो ।

नेपाल सरकारकी पूर्व सचिव डा किरण रेग्मीले लमजुङको भाषा, कला, साहित्य, संस्कृति एवम् ज्ञान विज्ञानको उन्नयनमा प्रतिष्ठानले खेलेको भूमिका सकारात्मक रहेको बताउनुभयो । प्रतिष्ठानका उपाध्यक्ष भाग्यशाली अधिकारीले लमजुङको पहिचानका रूपमा रहेको मौलिकपनलाई जोगाउन प्रतिष्ठानले काम गरिरहेको उल्लेख गर्नुभयो ।

विस २०५३ सालमा स्थापना भएको प्रतिष्ठानले रु एक लाख राशीको ‘राष्ट्रकवि माधव घिमिरे पुरस्कार’ स्थापना गरी नेपाली साहित्य क्षेत्रमा विशेष योगदान दिएका व्यक्तिलाई सम्मान गर्दै आइरहेको प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिष्ठानले आफ्नो २८ औँ स्थापना दिवसका अवसरमा आज ९३ वर्षीय छविलाल पौडेल, साहित्यकार चन्द्रवदना घिमिरे, प्राडा नन्दप्रसाद श्रेष्ठ, डा दीपबहादुर कार्की र नेत्रप्रसाद अधिकारीलाई सम्मान गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }