मङ्लबार, बैशाख २५, २०८१

गृहमन्त्रीका लागि अझै दुई दिन पर्खिने रास्वपाको निर्णय


  • माउन्टेन खबर
  • बिहिबार, माघ १९, २०७९
  • 122
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तत्काल सरकारबाट नबाहिरिने भएको छ । बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले तत्काल पार्टी सरकारबाट नबाहिरिने र गृह मन्त्रालयमा दाबी अझैदुई दिन पर्खिने निर्णय गरेको हो ।

बैठकमा सहभागी पार्टीका अधिकांश नेताहरुले सरकारबाट बाहिरिन नहुने पक्षमा धारणा राखेका थिए । ती नेताहरुले तत्काल सरकारबाट हटेको अवस्थामा जनतासामू कमजोरी र कच्चा व्यवहार देखिने भन्दै सरकारमै बसेर कुशल जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका थिए । केही नेताहरुले भने सरकारबाट बाहिरिएर जनतामा जानुपर्ने धारणा राखेका थिए ।

यस्तै, सरकारलाई मार्गदर्शन गर्न बनेको उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन पनि बैठकले माग गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }