बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

हामी सबैले सधैं प्रयोग गर्ने साधन मात्र होइनौं- अध्यक्ष श्रेष्ठ


  • माउन्टेन खबर
  • बिहिबार, माघ २६, २०७९
  • 392
    SHARES

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफूहरु सबैले सधैं प्रयोग गर्ने साधन मात्र नभएको जनाउनु भएको छ ।

सात सांसद सहित आफ्नो फोटो फेशबुकमा राख्दै उहाँले लेख्नुभएको छ झ्यालखानाको बुइँगलबाट न्यायको घाम झुल्किन्छ कि भनेर हामी सधैं नियालीरहन्छौं। न्यायको पारिलो घाम आँखाले देख्दादेख्दै पनि शासकले छानो हालेर जबरजस्ती छायाँ बनाइरहेको पनि प्रष्टै देखिन्छ ।

नागरिक उन्मुक्ति पार्टीका सांसद प्रदेश सभामा अनुपस्थित भएपछि मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत पाउन नसकेपछि पदमुक्त हुनु भएको छ ।

उहाँले लेख्नुभएको छ-

हामी विचारमा कटिबद्ध छौँ,सबैले सधैं प्रयोग गर्ने साधन होइनौं । यो देश हाम्रो पनि हो,देशको शासन प्रशासनमा हाम्रोपनी सहभागिता रहनुपर्दछ । भौगोलिक सांस्कृतिक पहिचान नेपालीको पनि सम्मान हो, मुलबासिको अपमान गरेर मुलुक कहिल्यै समृद्धिशाली हुनसक्दैन त्यसैले जनभावनाको कदर गरौँ … जनमतको कदर गरौ !
अहिलेसम्म राज्य टीकापुर घटनाप्रति अनुदार छ।

मानवअधिकारकर्मीहरुले आँखा खोलेका छैनन्। हामीलाई उचालल्नेहरुको ताँती पनि लामै छ। तर हामी न्यायको पालना गरेर जेलमा चौखुरिएर बस्न बाध्य छौं। राष्ट्रप्रति हिजो, आज र भोलि पनि उत्तिकै बफादार थारुलाई न्यायिक दृष्टिको प्रकाश किन परिरहेको छैनरु झ्यालखानाको बुइँगलबाट न्यायको घाम झुल्किन्छ कि भनेर हामी सधैं नियालीरहन्छौं। न्यायको पारिलो घाम आँखाले देख्दादेख्दै पनि शासकले छानो हालेर जबरजस्ती छायाँ बनाइरहेको पनि प्रष्टै देखिन्छ। जय नागरीक ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)