बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्र सिंह धोनीले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास


  • माउन्टेन खबर
  • आइतवार, साउन ३२, २०७७
  • 466
    SHARES

एजेन्सी । भारतिय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।  सामाजिक सञ्जाल इन्स्टाग्राममा शनिवार साँझ एउटा सन्देश राख्दै ३९ वर्षीय धोनीले सबै फर्म्याटको अन्तराष्ट्रिय क्रिकेटबाट आफूले सन्यास लिएको घोषणा गरेका हुन्। उक्त सन्देशमा धोनीले आफूप्रति दर्शाएको स्नेह र साथका लागि सबैलाई धन्यवाद भनेका छन्। टेस्ट क्रिकेटबाट धोनीले सन् २०१४ नै सन्यास लिएको घोषणा गरेका थिए ।

भारतीय टोलीका सन् सफल कप्तान मानिने धोनीले गत वर्ष इंग्ल्याण्डमा भएको ५० ‌ओभरको विश्वकप क्रिकेट प्रतियोगितापछि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिएनन्। भारतीय राष्ट्रिय क्रिकेट टिमबाट धोनीले खेलेको देख्न नपाइए पनि उनले इन्डियन प्रिमियर लिग-आईपीएल भने खेल्ने छन् ।

आगामी महिना यूएईमा आयोजना हुने तय भएको आईपीएलमा सहभागी हुनका लागि उनी आफ्नो टोली चेन्नई सुपर किंग्सको बन्दप्रशिक्षणमा शुक्रबारबाटै सामेल भइसकेका छन्। उत्कृष्ट विकेटकिपर र ब्यास्टम्यान पनि मानिने धोनीको कप्तानीमा भारतले सन् २००७ को टी- ट्वान्टी विश्वकप, सन् २०११ को ५० ओभरको विश्वकप र सन् २०१३ मा च्याम्पियन्स ट्रफी जितेको थियो। यसैबीच अर्का भारतीय क्रिकेटर सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन्। चेन्नई सुपर किंग्समा पनि आबद्ध रैनाले धोनीको सन्यास घोषणापछि आफू पनि यो यात्रामा सामेल भएको इन्स्टाग्राममा उल्लेख गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)