बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सेभिया युरोपा कपको फाइनलमा


  • माउन्टेन खबर
  • सोमवार, भदौ १, २०७७
  • 563
    SHARES

कोलोन । सेभियाले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर आइतबार म्यानचेस्टर युनाइटेडलाई २–१ ले हरायो र युरोपा कपको फाइनलमा प्रवेश गर्न सफल रह्यो । म्यानचेस्टरले ब्रुनो फर्नान्डेजले पेनाल्टीबाट गरेको गोलमा अग्रता लिएको थयो ।

निकै प्रतिस्पर्धात्मक सावित पहिलो हाफमा सेभियाका लागि सुसोले बराबरी गोल फर्काए । दोस्रो हाफमा म्यानचेस्टरले एकपछि अर्को मौका गुमाएको थियो र सेभियाका लागि गोलरक्षक बोनोले पनि शृंखलाबद्ध बचाउ गरे । खेल सकिन १२ मिनेट अगाडि जेसन नेभासको क्रसलाई लुक डे जोङले निर्णायक गोल गरे ।

इंग्लिस प्रिमियर लिगमा तेस्रो स्थानमा रहेर युरोपेली च्याम्पियन्स लिगका लागि छनोट भइसकेको म्यानचेस्टर यो सिजन सेमिफाइनलमा रोकिएको यो तेस्रो अवसर हो । सेभिया भने छैटौं युरोपा लिग जित्न सक्ने संघारमा पुगेको छ । अब फाइनलमा उसले इन्टर मिलान र साख्तर डोनेस्कबीचको विजेताविरुद्ध खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)