शनिबार, बैशाख २२, २०८१

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको दाबी


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र १०, २०७९
  • 259
    SHARES

देउखुरी । नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ । प्रदेशमा नयाँ गठबन्धनबाट नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले मुख्यमन्त्रीको दाबी गरिरहेको बेल कांग्रेस प्रदेश संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको हो ।

संसदीय दलको शुक्रबार बिहान लुम्बिनीमा बसेको बैठकले कांग्रेसको नेतृत्वमा प्रदेश सरकार निर्माणको प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेको हो । यसबाट सरकारको नेतृत्वमा दाबी गरिरहेको माओवादी केन्द्रलाई वर्तमान सरकारबाट बाहिर आउन दबाव परेको छ ।

नेकपा (एमाले) का मुख्यमन्त्री लीला गिरीको नेतृत्वमा माओवादी केन्द्र अहिले सरकारमा रहेको छ । प्रदेशसभामा नेपाली कांग्रेस २७ सदस्यका साथ दोस्रो स्थानमा छ ।

शुक्रबारको बैठकपछि कांग्रेस संसदीय दलका नेता डिल्लीराम चौधरीले यसअघिकै गठबन्धनमा माओवादी केन्द्रले सरकारको नेतृत्व गरिसकेकाले अब प्रदेशको नेतृत्व नेपाली कांग्रेसले स्वाभाविकरुपमा पाउनुपर्ने बताउनुभयो । यद्यपि लुम्बिनी प्रदेश आफ्नो आधार इलाका भएको भन्दै माओवादी केन्द्रले यस प्रदेशको नेतृत्व सहजरुपमा छाड्न चाहिरहेको छैन ।

बिहीबार माओवादी संसदीय दलको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा आन्तरिक विवादका कारण उक्त विषयले बैठकमा प्रवेश नै पाएको थिएन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }