बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मेघौली सेराईलाई ‘ट्राभलर्स चोइस २०२०’ पुरस्कार


  • माउन्टेन खबर
  • बुधबार, भदौ ३, २०७७
  • 978
    SHARES

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जस्थित ताज सफारीको मेघौली सेराईलाई ‘ट्रिप एड्भाइजर’को ‘ट्राभलर्स चोइस २०२०’ पुरस्कारद्वारा सम्मानित गरिएको छ ।

विश्वकै ठूलो यात्रा प्लेटफर्म ‘ट्रिप एड्भाइजर’ले १८ औं वार्षिक ‘ट्राभलर्स चोइस २०२०’ पुरस्कार विजेताहरू घोषणा गरेको हो । ‘ट्रिप एड्भाइजर’ले सेवा, सर्त, गुणस्तर र ग्राहक सन्तुष्टिका आधारमा विश्वभरका गन्तव्य, रेस्टुराँ तथा होटलहरूलाई पुरस्कृत गर्दछ ।

यिनै मानकका आधारमा ‘ट्रिप एड्भाइजर’ले होटल र रिसोर्टहरूको शीर्ष १० प्रतिशतमा परेको मेघौली सेराईलाई सम्मानित गरेको हो ।

“यस सम्मानबाट हामी धेरै खुशी छौं, हामीलाई समर्थन गर्ने अतिथिहरूलाई धन्यवाद दिन चाहन्छाैं,” ‘लाइफस्टाइल कलेक्टिभ’का सीओओ प्रीत सिंहले कृतज्ञता व्यक्त गर्दै भने “अहिले हामी पर्यटनको नयाँ आयाममा प्रवेश गरिरहेका छौं, यो सम्मानले अझ उत्कृष्ट सेवा दिन हामीलाई उत्प्रेरित गरेको छ ।”

जंगलको मुटु, सुरक्षित आश्रय मेघौली सेराईमा सुरक्षित आश्रय प्रत्याभूतिका लागि विश्वका स्वास्थ्य विशेषज्ञहरू, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का साथै नेपालको रोग नियन्त्रण केन्द्रबाट प्राप्त निर्देशन तथा सुझाव कडाइका साथ पालना गरिन्छ ।

मेघौली सेराईले अतिथि र कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न सम्पूर्ण सावधानी अपनाएको छ । स्यानिटाइजेसन र सरसफाइमा विशेष ध्यान दिएको छ । अतिथिको सुरक्षाका लागि उनीहरूको बसाइ अवधिभर सीमित सम्पर्क र सामाजिक÷भौतिक दूरी कायम गरिएको छ ।

स्थानीय स्वाद र विलासिताको मिश्रण

यस लजमा जंगलका दृश्य हेर्न पाइने १२ वटा कोठा छन् । १६ वटा निजी पुल भएका भिल्ला र आलिशान राप्ती महल प्रेसिडेन्सियल स्विट लगायतमा स्थानीय कलाकृतिको सजावट देख्न पाइन्छ । नेवारी र थारू संस्कृति झल्काउने ढोका र प्राकृतिक रंग प्रयोगले यस लजका शोभा बढाएका छन् ।

जिप सफारी र जंगल पदयात्राले अतिथिहरूलाई प्राकृतिक सौन्दर्यको अनुभूति लिने मौका दिन्छ । स्थानीय थारू गाउँको पदयात्राले परम्परागत गाउँको जीवनशैली बुझ्न सघाउँछ । साथै, अतिथिहरूले स्थानीय पेय पदार्थ र घरेलु अचारकोे स्वाद पनि लिन पाउँछन् । राप्ती खोलामा क्यानोइङ या हिमालयन फेदमा ट्रेकिङ पनि गर्न सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)