शुक्रबार, बैशाख २१, २०८१

१५ दिनभित्र अनावश्यक तार हटाउन कामनपाको निर्देशन


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख १२, २०८०
  • 172
    SHARES

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा अव्यस्थित तार हटाउनका लागि सम्बन्धित कार्यालय तथा संघसंस्थालाई १५ दिनको समय दिएको छ ।

आज एक सूचना प्रकाशित गरी महानगरपालिकाले सुन्दरतामा कमी  आएको, सार्वजनिक आवागमनमा असर परेको र आगलागीलगायतको जोखिम सिर्जना हुनसक्ने भन्दै अनावश्यक तार हटाउन निर्देशन दिएको हो ।

महानगरले बिजुली, टेलिफोन, इन्टरनेट तथा केवल सेवा प्रदायक  निकाय तथा संघसंस्थाले पोलमा गुजुल्टो बनाएर राखेका, चुडिँएर तथा लत्रिएर सडकमा छरिएका तार आफैँ हटाउन र आवश्यक तारलाई सङ्केत चिन्ह लगाउन निर्देशन दिएको छ ।

महानगरले उक्त अवधिमा तार नहटाए महानगर आफैले हटाउने उल्लेख गरेको छ । अव्यवस्थित तारबाट सिर्जना हुनसक्ने जोखिम घटाउने विषयप्रति महानगरपालिकाले विभिन्न समयमा सरोकारवाला निकाय तथा अधिकारीसँग बैठक बसेर व्यवस्थापनका लागि अनुरोध गरिसकेको जनाएको छ ।

तर निर्णय कार्यान्वयनका लागि पटक–पटक  पत्र पठाएर ताकेता  गर्दा पनि काम नभएको महानगरपालिकाको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }