शुक्रबार, बैशाख २१, २०८१

कुवेतविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल


  • माउन्टेन खबर
  • शनिबार, बैशाख १६, २०८०
  • 113
    SHARES

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेलमा कुवेतविरुद्ध टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेको कुवेतले पहिला फिल्डिङ रोजेको हो ।

सेमिफाइनल खेलका लागि नेपालले टिममा एक परिवर्तन गरेको छ । गुलसन झा लाई बेन्चमा राख्दै तीव्र गतिका बलर करण केसीलाई प्लेइङ ११मा समावेश गरेको छ ।

आजको खेलमा नेपालले कुवेतलाई हराए फाइनलमा ओमान अथवा यूएईसँग खेल्नेछ । नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख मैदानमा उत्रिसकेका छन् ।

मुलपानी मैदानमा हुने अर्को सेमिफाइनल खेलमा यूएईविरुद्ध ओमानले टस जितेर फिल्डिङ रोजेको छ ।

नेपालको प्लेइङ ११ः

कुशल भुर्तेल, आसिफ शेख, भिम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह कार्की, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }