आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सलमानको फिल्म ‘टाइगर ३’ मा शाहरुख अनुबन्धित


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख २१, २०८०
  • 227
    SHARES

एजेन्सी । भारतीय अभिनेता सलमान खानको फिल्म ‘टाइगर ३’ मा अभिनेता शाहरुख खान अनुबन्धित भएका छन् ।

‘पठान’को सफलतापछि शाहरुख चाँडै नै ‘टाइगर ३’ मा केमियो भूमिकामा देखिने भएका छन् । यसअघि फिल्म ‘पठान’ मा सलमानले १५ मिनेट लामो केमियो भुमिका निभाइ सकेका छन् ।

जसलाई दर्शकले अत्याधिक मन पराएका थिए । सलमानले ‘पठान’मा गरेको केमियो भूमिकाले फिल्म हिट भएको भन्दै सलमानलाई श्रेय पनि दिइएको थियो ।

यसपटक भने सलमान, कटरिना कैफ र इमरान हासमीको शीर्ष भूमिका रहने फिल्म ‘टाइगर ३’ मा शाहरुखले केमियो रोल गर्दैछन् ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार शाहरुखले यही ८ मे देखि ‘टाइगर ३’ को छायांकन सुरु गर्नेछन् । यशराज फिल्म्को स्टुडियोमा हुने छायांकन करिब एक साता सुटिङ चल्ने बताइएको छ ।

मनिष शर्माको निर्देशन रहेको फिल्म ‘टाइगर ३’ यशराज फिल्म्सको स्पाइ युनिभर्सकामा नै निर्माण हुन लागेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)