शनिबार, बैशाख २२, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख २१, २०८०
  • 180
    SHARES

काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाउनुभएको छ।

आजको गण्डकी प्रदेश सभामा भएको मतदानमा पाण्डेले ३५ मत प्राप्त गर्नुभएको थियो भने विपक्षमा २२ मत परेको थियो ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा काँग्रेसको २७, माओवादी केन्द्रका ७ र मनाङबाट स्वतन्त्र हैसियतमा जितेर एकिकृत समाजबादी पार्टीमा प्रवेश गरेका राजीव गुरुङले पाण्डलाई मत दिएका थिए ।

राप्रपा भने विश्वासको मत लिने कार्यक्रममा सहभागी भएन ।

गोरखा २ (ख) बाट निर्वाचित पाण्डे नेपाली काँग्रेसका केन्द्रीय सदस्य हुनुहुन्छ ।

नेपालको संविधानमा मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र मुख्यमन्त्रीले  विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }