बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

निक साइमन्स इन्स्टीच्युटले सरकारलाई १० थान पोर्टेबल भेन्टिलेटर उपलब्ध गरायो


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र २५, २०७६
  • 561
    SHARES

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएका बिरामीलाई उपचार गर्न निक साइमन्स इन्स्टीच्युटले सरकारलाई १० थान पोर्टेबल भेन्टिलेटरहरु उपलब्ध गराएको छ ।

इन्स्टीच्युटका कार्यकारी निर्देशक डा. अनिलबहादुर श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा १० थान भेन्टिलेटर उपलब्ध गराउनुभएको हो । इन्स्टीच्युटले यसअघि पनि विभिन्न ४७ वटा अस्पतालहरुमा स्वास्थ्य सेवा विभागको समन्वयमा १ हजार थान पीपीइ सेट उपलब्ध गराएको थयो ।

भेन्टिलेटर हस्तान्तरण गर्दै कार्यकारी निर्देशक श्रेष्ठले कोरोना भाइरसको संक्रमणबाट सिकिस्त भएका बिरामीको ज्यान जोगाउन भेन्टिलेटरले सहयोग पु¥याउने बताउनुभयो । त्यस्तै पोर्टेबल भेन्टिलेटर बुझ्दै मन्त्री ढकालले संकटका बेला उपलब्ध भएका स्वास्थ्य सामग्रीहरु महत्वपूर्ण हुने बताउनुभयो ।

उहाँले उपलब्ध भेन्टिलेटरहरु मध्ये २ थान सूदुरपश्चिम प्रदेशमा, २ थान गण्डकी प्रदेश, २ थान बुटवलमा पठाउने र ४ थान काठमाडौं मै जगेडामा राखिने बताउनुभयो । जगेडामा राखिएका भेन्टिलेटरहरु आवस्यकता परेको ठाउँमा पठाउने व्यवस्था मिलाउने समेत उहाँले बताउनुभयो । भेन्टिलेटर आफै सास फेर्न नसक्ने विरामीलाई सास फेर्न मद्दत गराउने मेसिन भएकाले कोरोना भाइरसको संक्रमण भएका विरामीलाई उपचार गर्न महत्वपूर्ण हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)