शुक्रबार, बैशाख २१, २०८१

सेप्टेम्बर ३० पछि हाल चल्तीमा रहेको दुई हजार भारुको नोट नचल्ने


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ ५, २०८०
  • 194
    SHARES

काठमाडौँ । भारतमा हाल चल्तीमा रहेको २००० हजारको नोट बन्द हुने भएको छ ।

भारतीय रिजर्भ बैंकले हाल चल्तीमा रहेको २००० हजारको नोट सर्कुलेशनबाट फिर्ता लिने घोषणा गरेको छ । यो नोट आगमी सेप्टेम्बर ३० सम्म फिर्ता गर्न निर्देशन जारी रहेको छ । सेप्टेम्बर ३० पछि अहिलेको २००० हजारको नोट नचल्ने रिजर्भ बैंकले निर्देशन जारी गरेको छ ।

विद्यमान २ हजारको नोट सन् २०१६ नोभेम्बरमा बजारमा आएको थियो । त्यसपछि प्रधानमन्त्री नरेन्द्र मोदीले ५ सय र हजारका नोट बन्द गरेका थिए । रिजर्भ बैंकले सन् २०१८-१९ देखि २००० का नोट छाप्न रोक लगाएको छ ।

रिजर्भ बैंकले बैंकहरुलाई मे २३ देखि सेप्टेम्बर ३० सम्म २००० का नोट साट्न निर्देशन दिएको छ । एक पटकमा अधिकतम बीस हजार रुपैयाँको नोट मात्रै साट्न सकिने निर्देशन जारी गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }