सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पुल र नदि नियन्त्रण निर्माणकार्यलाई निरन्तरता दिन महासंघको आग्रह


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र २५, २०७६
  • 666
    SHARES

नेपाल निर्माण व्यवसायी महासंघले पुल र नदि नियन्त्रणका निर्माण कार्यलाई निरन्तरता दिन सरकारसंग आग्रह गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको  कोराना भाईरस (कोभिड १९) नियन्त्रण तथा रोकथामको लागि सरकारले गरेको लकडाउनका कारण पुल नथा नदि नियन्त्रणका निर्माण कार्यहरु गर्न हाल असहज रहेकाले सहज वातारण बनाई दिन महासंघले सोमबार एक विज्ञप्ती जारी गर्दै सरकारसंग आग्रह गरेको हो ।

महासंघल जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘देशभर मितिः२०७६÷१२÷११ गते देखि २०७६÷१२÷२५ गतेसम्म नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयानुसार भएको लकडाउनले गर्दा विकास निर्माणका कार्यहरु पनि ठप्प रहेको व्यहोरा सबैमा विदितै छ ।’

निर्माण व्यवसायीहरुले पुल निर्माणका लागि अबौंको लगानी गरि निर्माण स्थलहरुमा आवश्यक निर्माण सामग्रीहरु गिट्टी, बालुवा, सिमेन्ट, रड, फर्मा लगायत ढुवानी गरिसकेको महासंघका महासविच रोशन दाहालद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

पुल निर्माणको लागि निर्माण व्यवसायीहरुले स्लाव ढलान गर्ने फर्मा राखि रड समेत बाँधि सकेको र प्रिस्टेज पुल निर्माणको लागि टेण्डम तार जडान गरि सकेका यस्ता किसिमका निर्माण कार्य वर्षा शुरु हुनु भन्दा आगाडीनै गर्न अति आवश्यक रहेकोले वर्षा शुरु भए पछि उक्त कार्यहरु गर्न नसकिने र व्यवासायीहरुको अरबौंको लगानी डुब्ने खतरा समेत रहेको हुँदा स्वास्थ्य सुरक्षा अपनाई ती कार्यहरु संचालनमा ल्याउन अति आवश्यक रहेका महासंघले बताएको छ ।

ती परियोजनाहरुको निर्माण स्थलमा सिमित श्रमिकहरु हुने र निश्चित क्षेत्र भित्र रहने भएकोले सामाजिक दुरी कायम गर्न सकिने हुँदा कोरोना संक्रमण हुने खतरा पनि नरहने महासंघको भनाई छ । यो आर्थिक वर्षको वर्षायाम शुरु हुनु अगावै यस्ता पुल लगायतका संवेदनशिल क्षेत्रमा गरिने नदि नियन्त्रणका निर्माण कार्यहरु आवश्यक स्वास्थ्य सम्बन्धि मापदण्ड अनुसार सावधानी सहित यथासंभव चाँडो निरन्तरता गरिदिन महासंघले सरकार संग आग्रह गरेको छ ।

साथै पुल निर्माणको लागि आवश्यक पर्ने टेण्डम तार तान्ने मेसिन लगायतका उपकरणहरु र निर्माण सामग्री तथा आवश्यक पर्ने खाद्यान्न वस्तुको ढुवानी गर्न, पुलका प्राविधिकहरु र मजुदरहरुको आवतजावतको लागि अनुमति पासको व्यवस्था गरिदिन पनि महासंघले नेपाल सरकार संग आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)