शुक्रबार, भदौ २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोभिड-१९ को उद्‍गम मुलुक चीन व्दारा आफ्नो देश सङ्क्रमण मुक्त रहेको घोषणा


  • माउन्टेन खबर
  • बुधबार, चैत्र २६, २०७६
  • 546
    SHARES

कोभिड-१९ को उद्‍गम मुलुक चीनले पहिलो पटक आफ्नो देश सङ्क्रमण मुक्त रहेको घोषणा गरेको छ ।

गत डिसेम्वर अन्तिम साताबाट मृत्युहरुको संख्या आइरहेको चीनले मंगलवार कुनैपनि नयाँ सङ्क्रमित नभेटिएपछि अब देश कोभिड-१९ सङ्क्रमण मुक्त भएको बताएको हो ।

त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले सोमवार ३२ जनामा सङ्क्रमण भेटिएको बताएको थियो । सङ्क्रमितहरु सबै बाहिरबाट आएकाहरुमात्रै भएपछि त्यहाँ अब भाइरस नियन्त्रणमा आएको बताइएको हो ।

चीन सरकारले कोभिड सङ्क्रमणबाट ३ हजार ३३१ जनाको मृत्यु भएको र ८१ हजार ७४० जना सङ्क्रमित भएको बताएको छ । आफ्नो देशमा महामारी नियन्त्रणमा आउन लागेदेखिनै चीनले भाइरस प्रभावित यूरोप र अमेरिकी लगायत मुलुकहरुमा चिकित्सक सहित औषधि एवम् औषधिजन्य सामग्रीहरु समेत पठाइरहेको छ ।

महामारी नियन्त्रणमा चीनले देखाएको तत्परता र प्रयासको विश्व स्वास्थ्य संगठनले पनि प्रशंसा गरेको छ । तर चीनको महामारी निर्मूल भएको दावीप्रति केही विश्व संस्थाहरुले भने शङ्का व्यक्त गरेका छन् । कतिपयले चीनले वास्तविक तथ्याङ्क नै लुकाएको आरोप पनि लगाएका छन् । तर चीन सरकारले भने भाइरस विरुद्धको खोप समेत अर्को साताबाट प्रयोगमा ल्याउने गरी काम भइरहेको बताएको छ ।-

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)