आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई तत्काल एनओसी नदिने सरकारको निर्णय


  • माउन्टेन खबर
  • सोमवार, फाल्गुन १९, २०७६
  • 767
    SHARES

सरकारले विदेशका विश्वविद्यालय तथा क्याम्पसमा अध्ययनका लागि जाने चाहने नेपाली विद्यार्थीका लागि तत्काल नो अब्जेक्सन लेटरु (एनओसी) नदिने निर्णय गरेको छ।

कोरोना भाइरसको संक्रमण विश्वका धेरै देशमा फैलिएपछि आइतबार बसेको मन्त्रिपरिषदले विद्यार्थीलाई एनओसी नदिने निर्णय गरेको हो।

विदेशमा अध्ययनका लागि जान चाहने विद्यार्थीले शिक्षा मन्त्रालयबाट अनिवार्य रुपमा उक्त लेटर लिनुपर्ने हुन्छ।

मन्त्रिपरिषदले केही समयका लागि उक्त पत्र दिन रोक लगाउने निर्णय गरेको हो।

आइतबार नै बसेको मन्त्रिपरिषद् बैठकले चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाउने निर्णय समेत गरेको छ।

यसैगरी भ्रमण वर्ष २०२० स्थगित समेत गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)