सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सेनाको छाउनी अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल कोरोना संक्रमित विरामी राख्नका लागि तयार


  • माउन्टेन खबर
  • बुधबार, चैत्र २६, २०७६
  • 653
    SHARES

सरकारले नेपाली सेनाको छाउनी अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालहरु कोरोना संक्रमित विरामी राख्नका लागि तयार भएको जानकारी दिएको छ।

सरकारले दुबै अस्पतालमा १ सयभन्दा बढी बेड र ६ वटा सघन उपचार कक्ष (आएसीयु बेड) पूर्ण तयारी अवस्थामा रहेको बताएको हो । मंगलबार दुबै अस्पतालमा अनुगमन गरी सम्पूर्ण तयारी पुरा भएकाले जुनसुकै बेला पनि विरामी राख्न सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. देवकोटाले पछिल्लो २४ घण्टामा स्वावको नमुना संकलन गरिएका ५ सय ७० जनाको रिपोर्ट नेगेटिभ आएको बताउनुभयो । बुधबारसम्म २ हजार ३ सय ६६ वटा परीक्षण भएका छन् ।

उपत्यकामा १ हजार ९ सय ६५ वटा र उपत्यका बाहिर ४ सय १ जनामा परीक्षण गरिएको उहाँले बताउनुभयो । मंगलबारसम्म १ हजार ७ सय ९६ जनाको परीक्षण गरिएको थियो । अहिलेसम्म ९ जनामा कोरोनाको संक्रमण देखिएकोमा १ जना उपचारपछि निको भएर घर फर्किएका छन् । भने ८ जना उपचाररत रहेका छन् । उपचाररत रहेका परिवार तथा सम्पर्कमा आएका व्यक्तिहरलाई कन्ट्याक्ट ट्रेसिङको काम सकिएको मन्त्रालयले जनाएको छ ।

सरकारले परीक्षणको दायरा बढाएको छ । कैलाली र कञ्चनपुरबाट मात्रै १ सय ९८ जनाको र्यापिड किट र स्वावको नमुना संकलन गरिएको छ । अछाम, जुम्ला र सुर्खेत लगायतका जिल्लाबाट ८ सय २ वटा नमुना संकलन गरिएको प्रवक्ता डा. देवकोटाले बताउनुभयो । दिपायलमा बुधबार ३ सय भन्दा बढी नमुना संकलन गर्ने उद्देश्यका साथ टोली परिचालन गरिएको छ ।

उपत्यकामा १२ र उपत्यका बाहिर १ सय २२ गरी बुधबारसम्म १ सय ३४ जना आइसोलेसनमा रहेका छन् । ८ हजार ५ सय ८० जना क्वारेन्टाइन्मा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)