बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अस्थायी कोभिड अस्पताल निर्माणको तयारीमा जुट्यो नौकुण्ड गाउँपालिका


  • माउन्टेन खबर
  • शुक्रबार, भदौ २६, २०७७
  • 962
    SHARES

 

आशिष लामा, रसुवा,२६ भदौ।

अस्थायी कोभिड अस्पताल निर्माणका लागि रसुवाको नौकुण्ड गाउँपालिका आवश्यक तयारीमा जुटेको छ । कोभिड– १९ संक्रमित बिरामीको उपचार गर्न अस्पताल अभाव भएपछि सरकारले सबै स्थानीय तहलाई पाँच बेडको अस्थायी अस्पताल बनाउने लक्ष्य अनुरुप जिल्लाको नौकुण्ड गाउँपालिका अस्थायी कोभिड अस्पताल निर्माणका लागि आवश्यक तयारीमा जुटेको हो ।

गाउँपालिकाले पारच्याङ स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पताल बनाउन गरी तयारीमा जुटेको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बुसाङ्बो घलेले बताए । ‘पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढेसंगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल नभएको स्थानिय तहहरुमा कम्तिमा ५ शैयाको अस्पताल सहित आवश्यक जनशक्तिको व्यवस्था गर्न दिएको निर्देशन अनुसार हामीले पनि गाउँपालिकामा अस्पताल सञ्चालन गर्न आवश्यक तयारीमा जुटेका छौँ, उनले भने, ।

अस्थायी अस्पताल निर्माणका लागि सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट १० लाख रुपैया बिनियोजन गरेको समेत उनले बताए ।

कोभिड अस्पताल निर्माणका लागि आवश्यक सामाग्री सहित जनशक्ति व्यवस्थापनको काम भइरहेको गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख अणप्रसाद पौडेलले बताए । एक जना एमबिबिएस डाक्टर,  दुई जना स्टाफ नर्स, दुई जना अ.न.मी र एक जना कार्यालय सहायक करारमा नियुक्ती गरिने समेत उनले बताए । त्यसका लागि आवश्यक तयारी पुरा भएको समेत पौडेलको भनाई रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)