सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अवैतनिक महावाणिज्यदूतहरुले अब नीलो नम्बर प्लेट र झण्डा प्रयोग गर्न नपाउने


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र २७, २०७६
  • 632
    SHARES

एक अवैतनिक महावाणिज्यदूतले प्राप्त सेवा सुविधाको दुरुपयोग गरेको भन्दै सरकारले ती सुविधा फिर्ता लिने निर्णय गरेको छ ।

महावाणिज्यदूत गैरकानूनी गतिविधिमा संलग्न रहेको भेटिएलगत्तै परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्तिमार्फत सुविधा फिर्ता गरेको जनाएको छ ।

विज्ञप्तिमा–‘अब विभिन्न देशमा रहेका नेपालका अवैतनिक महावाणिज्य दूतले आफ्नो सवारीमा नीलो नम्बर प्लेट र सम्बन्धित देशको झण्डा प्रयोग गर्न पाउने छैनन्’ भनिएको छ ।

हालैमात्र किर्गिजस्तानका अवैतनिक महावाणिज्य दूत सुलभ अग्रवाल कूटनीतिक सवारी साधन प्रयोग गरेर कालोबजारीमा संलग्‍न भएको अवस्थामा पक्राउ परेपछि सरकारले नयाँ निर्णय लिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)