शुक्रबार, बैशाख २१, २०८१

बामदेव गौतमको सपथ ग्रहण 


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १, २०७७
  • 516
    SHARES

काठमाण्डौ,१ असोज। राष्ट्रियसभा सदस्यमा मनोनित सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बागमदेव गौतमले पद तथा गोपनियताको सपथ लिनुभएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट आज मनोनित हुनुभएको गौतमले पद तथा गोपनियताको सपथ लिनुभएको हो । आज राष्ट्रियसभा अध्यक्ष अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई पद तथा गोपनियताको सपथ खुवाउनुभएको हो ।

सपथग्रहणपछि गौतमले राष्ट्रिसभाको गरिमा र प्रतिष्ठालाई ध्यानमा राखेर काम गर्ने बाहेक आफ्नो अरु कुनै लक्ष्य नरेहको बताउनुभयो । उहाँले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने समेत बताउनुभयो । पार्टीले देशमा समाजवादको संकल्प पुरा गरेको उल्लेख गर्दै उहाँले राष्ट्रियसभामा आफुले त्यही भूमिका निर्वाह गर्ने बताउनुभयो ।

फागुन देखि रिक्त रहेको राष्ट्रियसभा सदस्य पदमा मनोनयनका लागि गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो । गौतम २०७४ सालमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पराजित हुनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }