शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

दरवाङ स्वास्थ्य केन्द्रमा ‘डिजिटल एक्सरे ’ सेवा


  • माउन्टेन खबर
  • सोमवार, पुस ९, २०८०
  • 264
    SHARES

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा ‘डिजिटल एक्सरे’ सेवा सुरु भएको छ । लायन्स क्लब अफ म्याग्दी दरवाङको पहलमा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ले लायन्स क्लब अन्तर्राष्ट्रियको फाउण्डेशनको कोषबाट एक वर्षअघि रु ४२ लाख मूल्य बराबरको ५०० एमए एक्सरे, कम्प्युटर रेडियोग्राफी सिस्टम एक थान, युएसजी र इलेक्ट्रोटोटल एनालाइजर मेसिन उपलब्ध गराएको थियो ।

केन्द्रका सूचना अधिकारी यमन नेपालीले लायन्स क्लबले उपलब्ध गराएको एक्सरे मेसिनको कम्प्युटेड रेडियोग्राफी प्रणालीलाई पुरानो १०० एमएको एक्सरे मेसिनमा जडान गरी डिजिटल बनाएर आइतबारदेखि प्रयोगमा ल्याइएको जानकारी दिनुभयो ।

“५०० एमए रेडियोग्राफीसहितको एक्सरे मेसिन धेरै प्रयास गर्दा पनि प्रयोगमा ल्याउन नसकेपछि सोको प्रणाली केन्द्रमा रहेको पुरानो मेसिनमा जडान गरेर सेवा सुरु गरिएको हो”, उहाँले भन्नुभयो, “डिजिटल एक्सरे सेवा सुरु भएपछि सेवाग्राहीलाई सहज भएको छ ।”

डिजिटल एक्सरे सेवा भएपछि बिरामीको उपचार गर्न सहज हुने सूचना अधिकारी नेपालीले बताउनुभयो । केन्द्रबाट मालिका, धौलागिरि र मङ्गला गाउँपालिकाका बासिन्दाले सेवा लिने गर्दछन् । सो क्षेत्रका बासिन्दालाई एक्सरे सेवाका लागि सदरमुकाम बेनी पुग्नुपर्ने समस्या हटेको छ ।

चिकित्सक तथा स्वास्थ्यकर्मीलाई एक्सरेको रिपोर्टको आधारमा बिरामीको समस्या पहिचान गर्न सहज भएको हो । हाल प्रयोगशाला, एक्सरे, अल्ट्रासाउन्ड, मुटुको इसिजी, पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने स्क्रिनिङ, हातखुट्टा भाँचिएको प्लास्टर सेवा दिइरहेको केन्द्रले आफ्नै औषधि पसल सञ्चालन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)