आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मुनवर फारुकीले जिते ‘बिग बोस-१७’ को उपाधि


  • माउन्टेन खबर
  • सोमवार, माघ १५, २०८०
  • 177
    SHARES

एजेन्सी । भारतीय रियालिटी शो ‘बिग बोस १७’ को उपाधि स्ट्यान्डअप कमेडियन मुनवर फारुकीले जितेका छन् ।

आइतबार राति भएको फिनालेमा शोको होस्ट तथा बलिउड अभिनेता सलमान खानले ३२ वर्षीय मुनवरलाई विजेता घोषित गरेका हुन् । ट्रफिसँगै मुनवरले ५०लाख रुपैयाँ नगद पुरस्कार र कार पनि पाए।

मुनावरले फाइनलमा लाइभ भोटिङमार्फत अभिनेता अभिषेक कुमारलाई पराजित गरे । ट्रफीका लागि प्रतिस्पर्धा गर्ने टप ५ प्रतियोगीमा मन्नारा चोपडा, अंकिता लोखंडे र युट्युबर अरुण श्रीकान्त महाशेट्टी थिए । फिनालेमा बलिउडका अजय देवगन र आर माधवन विशेष अतिथि थिए ।

मुनावरले २०२२ मा रियालिटी टिभी शो ‘लक अप’ को एक सिजन जिते, जुन अभिनेत्री कंगना रनौतले होस्ट गरेकी थिईन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)