आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एकपछि अर्को १५ फ्लप फिल्म, तैपनि हार मानेनन् यी स्टार


  • माउन्टेन खबर
  • सोमवार, माघ २२, २०८०
  • 248
    SHARES

एजेन्सी । जब कुनै स्टार किडले बलिउडमा डेब्यू गर्छ, उसले पनि आफ्ना आमाबुवाको जस्तै अभिनय गर्ने अपेक्षा गरिन्छ । समयसँगै ती स्टार पनि परिपक्व हुन्छ भन्ने कुरा दर्शकले बिर्सन्छन् ।

आज हामी बलिउडका एक यस्तो स्टार किडको बारेमा कुरा गर्न गइरहेका छौं, जसले एकपछि अर्को १५ फ्लप फिल्म दिए तर उनले कहिल्यै हार मानेनन् ।

अमिताभ बच्चनलाई बलिउडमा मेगास्टारको रुपमा चिनिन्छ । यस्तो अवस्थामा जब उनका छोरा अभिषेक बच्चनले बलिउडमा डेब्यू गरे तब उनको सीधै अमिताभ बच्चनसँग तुलना गरिएको थियो । अभिषेकको पहिलो फिल्मबाट नै दर्शकले उनी पनि बुवाको जस्तै राम्रो अभिनय गर्ने अपेक्षा गरेका थिए तर दर्शकको निराशा भयो र उनको पहिलो फिल्म ‘रिफ्युजी’ बक्स अफिसमा फ्लप साबित भयो ।

अभिषेक बच्चनले सन् २००० मा फिल्म ‘रिफ्युजी’ बाट आफ्नो करियर सुरु गरेका थिए । उनको पहिलो फिल्म सुपर फ्लप भयो । त्यसपछि उनले चार वर्षसम्म फ्लप फिल्म मात्र दिए । यी फिल्महरूको सूचीमा ‘तेरा जादू चल गया’, ‘ढाई अक्षर प्रेम के’, ‘बस इतना सा ख्वाब है’ जस्ता फिल्महरूको नाम समावेश छ ।

मिडिया रिपोर्टका अनुसार अभिषेकले एक अन्तर्वार्तामा भनेका थिए, ‘मेरो एउटा फिल्म हेरेपछि एउटी महिला सिनेमा हलबाट बाहिर आएर मलाई थप्पड हानेर ‘तिमीले आफ्नो बुवाको नाम बिगार्छौ’ अभिनय छोड भनिन् ।’

अभिषेक बच्चन आफ्नो फ्लप फिल्मबाट कहिल्यै डराएनन् । उनले लगातार आफैंमा काम गरे र त्यसपछि उनका फिल्महरू हिट हुन थाले । ‘युवा’, ‘बंटी और बबली’, ‘गुरु’ जस्ता फिल्म दिएर अभिषेकले आफ्नो अभिनय क्षमताले सबैलाई प्रभावित पारेका छन् । आज अभिषेक बच्चनलाई बलिउडका दक्ष कलाकारमा गनिन्छ । बाबु अमिताभ बच्चन छोरा अभिषेकप्रति निकै गर्व गर्छन् ।

आज अभिषेकले आफ्नो ४८ औं जन्मदिन मनाउँदैछन् । सन् १९७६, फेब्रुअरी ५ मा मुम्बईमा बच्चन परिवारमा उनको जन्म भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)