आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

‘लोक दोहोरी सिजन टू’ ल्याउँदै नेपाल टेलिभिजन


  • माउन्टेन खबर
  • सोमवार, माघ २९, २०८०
  • 177
    SHARES

काठमाडौँ।  नेपाल टेलिभिजनको दोश्रो च्यानल एनटिभी प्लसले लोक दोहोरीको दोश्रो सिजनको उत्पादन शुरु गरेको छ ।

एनटिभी प्लसबाटै प्रसारण हुने कार्यक्रममा लोक दोहोरी क्षेत्रका अग्रज र अनुज कलाकारहरुको प्रस्तुति हुने छ ।

छिट्टै प्रसारण हुने लोक दोहोरी सिजन टू २६ भागको हुनेछ । नेपाल टेलिभिजनले २०७५ सालमा पहिलो सिजन गरेको थियो ।

शुभारम्भ कार्यक्रममा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाहले राष्ट्रिय दायित्व निर्वाह गर्दै मनोरञ्जनमा नयाँ आयाम र सामाजिक चेतनाका लागि लोक दोहोरी उत्पादन तथा प्रसारणलाई अघि बढाइएको बताउनुभयो ।

महाप्रवन्धक फूलमान वल तामाङले युवा लक्षित एनटिभी प्लसले कला, साहित्य र संगीतका माध्यामबाट मुलुकका लागि आवश्यक मनोविज्ञान अनुसारको सांस्कृतिक भाष्य निर्माणमा योगदान गरिरहेको बताउनुभयो ।

एनटिभी प्लसका प्रमुख रवीन्द्र घिमिरेले ६० को दशकबाटै नेपाल टेलिभिजनले गरेको प्रयत्नबाट नेपालको लोक दोहोरी व्यापक र व्यवशायिक बनेको बताउनुभयो ।

युवा लक्षित एनटिभी प्लस च्यानलले द सेकोण्ड पेज र अन्तर्ध्वनी जस्ता लोकप्रिय कार्यक्रम सहित खेलकूद, शिक्षा र संगीत लगायत विधामा २४ सै घण्टा कार्यक्रम उत्पादन तथा प्रसारण गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)