आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एल एण्ड एन मोडल एजेन्सीको अर्को बेजोड प्रस्तुति ‘के टाउन रनवे २०२४’ भव्यतापूर्वक सम्पन्न


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन ३, २०८०
  • 192
    SHARES

काठमाण्डौं । एल एण्ड एन मोडल एजेन्सीको आयोजना तथा याचु हेयर आयलको प्रस्तुतीमा ‘के टाउन रनवे २०२४’ भव्यतापूर्वक सम्पन्न भएको छ । नितिन कायस्थको कोरियोग्रा क्ष्mु जयफी र व्यवस्थापनमा सम्पन्न यस ग्ल्यामरस फेसन शो काठमाडौंको ठमेल स्थित क्लब प्ले ब्वाईमा बुधबार आयोजनामा आएको हो । कुल २६ जना मोडेलहरु लिइएको यस रनवेका सहभागीले मनमोहक र्याम्प वाक मार्फत आफ्नो सीप प्रदर्शन गर्दै दर्शकहरूलाई भरपुर मनोरंजन दिलाएका थिए । मोडलिङ उद्योगमा आफ्नो पहिचान बनाएका प्रतिष्ठित मोडलहरू समेत के टाउनमा सामेल थिए । एल एण्ड एन मोडल एजेन्सीका प्रबन्ध निर्देशक कायस्थले छनोट प्रक्रियाप्रति सन्तुष्टि व्यक्त गर्दै भने, ुहामीले राम्ररी मोडलहरूको र्‍याम्प वाक, प्रस्तुति र समग्र व्यक्तित्वका आधारमा छनोट गर्यौं। त्यसपछि, हामीले उनीहरूलाई कोरियोग्राफी तालिम प्रदान गर्‍यौं। आजको रनवे पनि हाम्रा अन्य कार्यक्रम जत्तिकै भव्य र सभ्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम उत्कृष्ट रहेको मेरो स्वमूल्यांकन छु ।

इन्टा अटायरकी इन्टा श्रेष्ठ, कास्टेलो कश्मिरि पश्मिना ईन्टरनेशनलका प्रकाश बोलाखे , मेराकी बुटिक क्रिएशन्सकी दुर्गा विष्ट बस्नेत र जोय पपाया ब्रान्डको टी–सर्ट जस्ता चर्चित फेसन ब्रान्डहरूद्वारा सिर्जना गरिएको कस्टम डिजाइनमा सजिएर मोडलहरुले आफ्नो कला प्रदर्शन गरेका थिए।

के टाउन रनवे कार्यक्रममा सञ्चारकर्मी सरोज ओझा, याचु हेयर आयलका प्रमुख कार्यकारी अधिकृत उज्जवल मानन्धर, जोय कस्मेटिक नेपालका कन्ट्री हेड मदन रौनियार, इभेन्ट क्षेत्रका धिरज तण्डुकार, अभिनेता तथा अन्तर्राष्ट्रिय मोडल दीपक घिमिरे, अभिनेत्री सुष्मा अधिकारी, वरिष्ठ ब्यूटीशियन रुष्का वैद्य र टिट्टोस क्लब गोवाका डेभिड रसोरियाको बिशेष आतिथ्यता रहेको यस भव्य रनवे शोमा इटालीका प्रख्यात प्रेरक र आध्यात्मिक व्यक्तित्व पिएट्रो क्लेमेन्टले कार्यक्रममा आमन्त्रित बिशिष्ठ अतिथिको रूपमा सहभागी थिए।

उत्त, रनवे लगत्तै एल एण्ड एन मोडल एजेन्सीले भ्यालेन्टाइन म्युजिकल शो पनि आयोजना गर्यो। कार्यक्रममा चर्चित गायक कमल खत्री, गायिका मेलिना मैनाली र बलिउड संगित उद्योगकी डीजे मिनीको प्रस्तुति रहेको थियो । उनीहरुले दमदार प्रस्तुती दिदै दर्शकहरूलाई भरपुर मनोरंजन दिलाएका थिए ।

१४फ्रबुअरी अर्थात भ्यालेण्टाईन डे विशेष उक्त फेसन शोमा नेपाल मै उत्पादित येचु हेयर तेल र जोय कस्मेटिकका ब्रान्डसँगै क्यास्तोलो पश्मिनाको डिजाइन प्रस्तुती राखिएको थियो । के( टाउन रनवेमा सहभागी मोडलहरुले र्याम्पमा उत्रिएर प्रस्तुती दिएका थिए । यचु हेयर आयलको प्रस्तुतीमा आयोजित यस प्रतियोगिताको अफिसियल ब्राण्ड पार्टनरमा जोय कस्मेटिक नेपाल , ईभेण्ट पार्टनरमा क्लव प्ले ब्वाई, सहयोगी साझेदारमा क्यास्टोलो कास्मिरी पश्मिना ईण्टरनेशनल सहित नेपाल आईस, जोनी बाल्कर, सिंगलटोन, रियल जुस, रोयल बिग मास्टर वाईन रहेका थिए ।

के टाउन रनवेको आयोजक कंपनी एल एण्ड एन मोडल एजेन्सीले नेपालमा अन्तराष्ट्रि«य स्तरका कार्यक्रम पस्कदै आएको छ । एल एण्ड एनले दुई महिना अघि मात्रै भारतको चर्चित रियालिटी शो सा रे गा मा प २००३ ,स्टार प्लस म्युजिक का माहामुकाब्ला २००७ र इन्डियन आइडल २०२३ एवम् बलिउडमा दर्जनौ भन्दा बढी गित संगीत दिएका चर्चित गायक बिनित सिंहलाई नेपाल झिकाएर कार्यक्रम गरेको थियो । त्यसअघि यस एजेन्सीले नेपालमै बम्बे भाईकिङ्ग, तेरा भाई जेड बि आदी स्तरिय कार्यक्रम पस्किसकेको छ भने हालसम्ममा दर्जनौं ईभेण्टहरुको सफल आयोजना गरेकोे छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)